पल शाह केसमा यू टर्नः कथित बलात्कार पीडितले अदालतमा वयान फेरिन्।
बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएको स्रोतले जनाएको छ।
आज (आइतबार) मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्।( स्रोतः breaknlinks)

पल शाह प्रकरणमा युटर्न

Design a site like this with WordPress.com
सुरु गर्नुहोस