गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमःगुरुरेव परंब्रम्हा तस्मै श्री गुरवे नमः।।

बालन शाह

गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरुरेव परंब्रम्हा तस्मै श्री गुरवे नमः।।

उहाँ मेरो अभिभावक हो, गुरु हो । मैले मेयर बन्ने तयारी गरेको पहिलो दिनदेखि नै उहाँबाट ज्ञान, हौसला र माया पाइरहेको छु ।

जत्रा सुकै संगठन वा समूहहरु भए पनि नागरिकले चाह्यो भने एक मानिसले पनि स्थानीय तहमा धेरै सेवा दिन सक्छ र धेरै कुराहरु गर्न सक्छ भन्ने उहाँले सँधै अब्बल उदाहरण दिइरहनु भयो । उहाँको ५ दशक लामो वडाध्यक्षको कार्यकालले बताउँछ, आमनागरिकको शक्ति र, कुनै पनि जनप्रतिनिधीले गर्नु पर्ने कामको तरिका र फेहरिस्त ।

यी सबै अनुभवका पोकाहरु उहाँले मलाई आफ्नै सन्तान सोचेर मेरो अगाडि खोल्नु भएको छ । उहाँले हरेक समय मलाई पथप्रदर्शन गर्नु भएको छ । सिकाउनु भएको छ कि नागरिक भन्दा बलियो कोही छैन, नागरिकले गर्न नसक्ने केहि छैन र जनप्रतिनिधीले जिम्मेवार हुनु पर्ने आफ्नो नागरिकबाहेक अन्त कँहि पनि हुनु हुन्न ।

म कामना गर्छु कि अभिभावक र गुरुका रुपमा उहाँबाट सँधै मेरा कामहरुप्रति सहयोग र दिशानिर्देश पाइरहुँ ।

Design a site like this with WordPress.com
सुरु गर्नुहोस